बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

पहिरोले पुरिएर कालीगण्डकी करिडोरमा ५ मजदुरको मृत्यु

२० कार्तिक, २०७७ ०८:०७ मा प्रकाशित

375 पटक पढिएको

kaligandaki corridor

नवलपुर – कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर बुधबार मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा दिउँसो ५ बजे सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

‘सडक निर्माणका क्रममा ७ जना मजदुरले जालीमा ढुंगा भर्दै थिए’, तामाङले भने, ‘त्यस क्रममा आएको पहिरोमा परेका २ जनालाई प्रहरी र स्थानीयले उद्दार गरे । अन्य ५ जना पहिरोमा परे ।’

गैंडाकोटदेखी राम्दीसम्म १ सय ३० किलोमिटर सडक निर्माण हुँदैछ । त्यस क्रममा खटिएका स्थानीयको पहिरोमा परेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ । उनीहरु सबै बुलिङटार–४ का हुन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome