सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

उपत्यकामा १,३९८ सहित देशभर थप ३,०५१ जनामा कोरोना पुष्टि, ३,४३० जना डिस्चार्ज

२० कार्तिक, २०७७ १६:५५ मा प्रकाशित

486 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ९८ सहित देशभर थप तीन हजार ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ४ सय ३० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ३६ हजार ५१४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै आइसोलेसनमा ३६ हजार ५१४ जना छन् भने क्वारेन्टाइनमा १२ सय ३२ जना रहेका छन्।

आइसीयूमा ४२८ जनाको र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

एकै दिन १८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या भने १ हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ । अहिले ३६ हजार ५१४ जना आइसोलेशनमा छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome