आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

सम्झौता कार्यान्वयन नभएको भन्दै फेरि सत्याग्रह गर्ने डा. केसीको चेतावनी

२० कार्तिक, २०७७ १७:०६ मा प्रकाशित

579 पटक पढिएको

dr govinda kc

काठमाडौं – डा. गोविन्द केसीले १९ औं सत्याग्रहका बेला भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै केसीले सरकारले सम्झौता कार्यान्वयनमा वेवास्था गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले सम्झौता कार्यान्वयन नभए थप मागसहित पुनः सत्याग्रह गर्ने चेतावनीसमेत दिएका छन् ।

‘हामीसँग पछिल्लो सम्झौता भएको अब एक महिना पुग्नै आँटेको छ । सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने तर काम शुरु गरिहाल्नु पर्ने बुँदाहरु छन्’, डा. केसीले भने, ‘विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले हामीसँग निरन्तर खबरदारी गर्नुको विकल्प छैन । फेरि पनि सम्झौता कार्यान्वयन नगरे थप मागसहित सत्याग्रह बस्नुको विकल्प छैन ।’

डा. केसीले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकारले सम्झौता गरेको सम्झना गर्दै यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा भने जोड दिए ।

केसीले स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा गुणस्तर र पहुँच विस्तारका दिशामा अहिलेसम्म भएका उपलब्धि आन्दोलनबाटै सम्भव भएको बताएका छन्।

‘अब ती उपलब्धिलाई संस्थागत गर्दै सरकारले हामीसित गरेको सम्झौता कार्यान्वयन गराउनु पनि हामी सबैको कर्तव्य हो’, डा. केसीले भने, ‘त्यसैले आआफ्नो ठाउँबाट सरकारलाई खबरदारी गर्न सबै सरोकारवालालाई अपिल गर्न चाहन्छौं ।’

डा. केसीले सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन भएमा नेपालमा दुरदराजसम्म स्वास्थ्य सेवा पु¥याउने तथा नियामक निकायमा दलीय भागवण्डा रोकेर मेडिकल शिक्षाको गुणस्तर कायम राख्न सकिने बताएका छन् ।

डा. केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वयनका काम गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा डा. केसीले प्रधानमन्त्री ओलीले प्रहरीको माध्यमबाट गुण्डागर्दी गरिराखेको आरोपसमेत लगाएका छन् । ‘प्रहरीलाई अहिले ओलीजीले गुण्डाको काम लगाइराख्नु भएको छ’, डा. केसीले भने।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome