मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

भारतीय सेना प्रमुख नरवणेलाई मानार्थ महारथी उपाधि

२१ कार्तिक, २०७७ ०७:०२ मा प्रकाशित

615 पटक पढिएको

naravane honered with general designation in nepal army

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले सेना प्रमुख नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

तीन दिने नेपाल भ्रमणका लागि सेना प्रमुख नरवणे बुधबार काठमाडौं आइपुगेका हुन् ।

नेपाल र भारतबीच सेनापतिले एक अर्को देशको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्ने प्रचलन रहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome