बिहीबार, १५ माघ २०७७
बिहीबार, १५ माघ २०७७

IT Training Nepal

आईपीएल : दिल्लीलाई ५७ रनले हराउँदै मुम्बई फाइनलमा

२१ कार्तिक, २०७७ ०७:२३ मा प्रकाशित

389 पटक पढिएको

dc vs mi

काठमाडौं – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रीकेट २०२० अन्तर्गत पहिलो क्वालिफायरमा बिहीबार भएको पहिलो क्वालिफायरमा साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ ।

दुबई ईन्टरनेशनल स्टेडियममा भएको खेलमा दिल्ली कयापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई उपाधि नजिक पुगेको हो ।

मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । मुम्बई अब लगातार दोस्रो पटक आईपीएल उपाधि जित्नबाट एक जित मात्र टाढा छ ।

सर्वाधिक चार पटकको च्याम्पियन मुम्बई फाइनल पुगेको यो छैटौं पटक हो । सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । यस्तै २०१५, २०१७ र २०१९ मा पनि मुम्बई च्याम्पियन बनेको थियो ।

लिगमा पहिलो भएको मुम्बई र दोस्रो भएको दिल्लीबीच क्वालिफायर खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा रहेपनि खेल एकपक्षीय जस्तै रह्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्य कुमार यादव र ईशान किसनको अर्धशतक तथा हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो ।

दिल्लीका लागि आश्विनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने फास्ट बलरहरुले राम्रो गर्न सकेनन् । ड्यानिएल साम्स ४ ओभरमा ४४ रन खर्चेर विकेटविहीन रहे । कागिसो रबाडाले पनि ४ ओभरमा ४२ रन खर्चे तर विकेट लिन सकेनन् । अर्का बलर एनरिक नोर्कियले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । यस्तै मार्कस स्टोइनिसले १ ओभर बलिङ गर्दा ५ रन खर्चेर १ विकेट लिए ।

२०१ रनको लक्ष्य पछ्याएको दिल्लीले खराब सुरुवात गर्यो । दिल्लीका लागि मार्कस स्टोइनिङले अर्धशतक बनाए भने अक्क्षर पटेलले ४२ रन जोडे । कागिसो रबाडाले अविजित १५ रन बनाउँदा कप्तन श्रेयास अयेरले १२ रन जोडे ।

दिल्लीको इनिङ्स ध्वस्त पार्ने क्रममा मुम्बईका जसप्रित बुमराह एक्लैले ४ विकेट लिए ।

ट्रेन्ट बोल्टले पहिलो ओभरमै दुई विकेट लिँदै मुम्बईलाई शानदार सुरुवात दिलाए । दिल्लीले पहिलो रन जोड्नुभन्दा अगाडी नै टप अर्डरको ३ विकेट गुमाइसकेको थियो । बोल्टले पहिलो ओभरमा ओपनर पृथ्वी श र अजिन्का रहानेलाई आउट गरे । दोस्रो ओभरमा जसप्रित बुमराहले अर्का ओपनर शिखर धवनलाई आउट गरे ।

त्यसपछि कप्तान श्रेयस अय्यर र मार्कस स्टोइनिसले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर अय्यर पनि १२ रन बनाएर चौथो ओभरमा क्याचआउट भए ।

आठौं ओभरको पाँचौ बलमा दिल्लीले पाँचौ विकेटको रुपमा ऋषभ पन्तको विकेट गुमायो । दिल्लीले ४१ रनमा ५ विकेट गुमाएपछि स्टोइनिसले अक्क्षर पटेलसँग छैटौं विकेटको लागि अर्धशतकिय साझेदारी गरे । दुई खेलाडीले ७१ रनको साझेदारी गर्दा दिल्लीको इनिङ्स केही सम्हालिएको थियो । तर १६औं ओभरको पहिलो बलमा बुमराहले स्टोइनिसलाई बोल्ड गर्दै साझेदारी तोडे । स्टोइनिसले ४६ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ६५ रन बनाए ।

१६औं ओभरको तेस्रो बलमा बुमराहले ड्यानिएल साम्सलाई क्याचआउट गराए । १६औं ओभरमा बुमराहले मेडन खेल्दै २ विकेट लिए । अन्तिम ओभरमा पोलार्डले दिल्लीका अक्क्षर पटेलको विकेट लिए । पटेलले ३३ बल खेल्दै २ चौका र ३ छक्काको मद्दतमा ४२ रन जोडे ।

मुम्बईका लागि बुमराहले ४ ओभरमा १ मेडन राख्दै १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै बोल्टले २ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए । क्रुनल पाण्ड्याले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

क्वालिफायरमा पराजित भएपनि दिल्लीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ । शुक्रबार सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome