मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

धापसी छुराकाण्डका फरार अभियुक्त पक्राउ

२१ कार्तिक, २०७७ ०७:४५ मा प्रकाशित

792 पटक पढिएको

dhapasi stabbing accused

काठमाडौं – महानगरीय अपराध महाशाखाको टोलिले छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उदयपुर गाईघाटका रुपेश आले मगर रहेका छन ।

काठमाडौं टोखा नगरपालिका वडा नम्बर ५ धापसी स्थित देबी मन्दिर परिसरमा जिल्ला गोर्खा अजिरकोट गाउँपालिका वडा नं. ६ शिबमन्दिर बस्ने बर्ष २४ को आशिष मगरलाई अज्ञात ब्यक्तिहरुको समुहले कुटपिट गरी छातिमा धारिलो हतियार प्रहार गरी घाईते बनाई फरार भएको थियो । घाईतेलाई तत्काल उपचारको लागि काठमाडौको बसुन्धरास्थित चिरायु अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हत्या पछि फरार रहेका आले मगरलाई महानगरीय अपराध महाशाखको टोलिले सुनसरी जिल्ला धरान नगरपालिका ८ भानु चोकबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो । प्रहरीले घट्नामा प्रयोग भएको चक्कु समेत बरामद गरी अनुसन्धानको लागि महानगरीय प्रहरी बृत महराजगन्ज पठाएको छ ।

प्रहरीले ज्यान सम्बन्धि कसुर कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी बृत महाराजगन्ज , महानगरीय प्रहरी परिसर टेकु र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको थियो ।

kathmandu metropolitan crime bureau chief dipak thapa
महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापा

प्रहरीले यस अघी नै सोही हत्यामा संलग्न अरु व्यक्तीहरुलाई पक्राउ गरिसकेको छ ।

murder accused in custody
धापसीमा धारिलो हतियार प्रहार गरी हत्या : फरार समुह पक्राउ
killled after getting stabbed
आक्रमण पछी उपचारको क्रममा मृत्यु भएका आशिष मगर

यो पनि पढ्नुहोस् ।

धापसीमा धारिलो हतियार प्रहार गरी हत्या : फरार समुह पक्राउ


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome