शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

थप २,९०९ जनामा कोरोना पुष्टी : ४५०० डिस्चार्ज, १८ जनाको मृत्यु

२१ कार्तिक, २०७७ १७:०० मा प्रकाशित

557 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २९ सय ९ जनामा कोरोना भाइरस ( कोभिड -१९) संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन् भने क्वारेन्टाइनमा १२ सय ५४ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ४५ सय जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।

नेपालमा हालसम्म कोरोनाबाट १ हजार ७० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome