मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

स्रोत नखुलेको ४० लाखसहित नागढुङ्गाबाट एक पक्राउ

२१ कार्तिक, २०७७ १७:०७ मा प्रकाशित

446 पटक पढिएको

nepali currency notes

काठमाडौं – स्रोत नखुलेको ४० लाखसहित नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन् । बुटवलबाट आएको रात्रीबसका यात्रुको सरसामान जाँच गर्ने क्रममा गुप्ताबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ।

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा शुक्रबार यात्रुका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

यसैबीच काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागुऔषध ब्राउन सुगरसहित तीन युवक पक्राउ परेको नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome