बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

बैंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

२२ कार्तिक, २०७७ ०७:५४ मा प्रकाशित

454 पटक पढिएको

srh vs rcb

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रीकेट २०२० अन्तर्गत हिजो सम्पन्न भएको इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि सनराइजर्स हैदराबादले ६ विकेटको जित निकालेको छ।

शेख जायद रंगशालामा टस जितेर पहिले फिल्डिङ रोजेको हैदराबादले बैंगलोरलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३१ रनमा सिमित गर्न सफल भयो। १३२ रनको झिनो लक्ष्य हैदराबादले निर्धारित २० ओभरको २ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पुरा गर्‍यो।

बैंगलोरका लागि एबी डि भिलियर्सले ५६ रन जोडे। त्यस्तै आरोन फिन्चले ३२ रन बनाए। ओपनिङमै आएका कप्तान विराट कोहली भने ६ रनमै पेभिलियन फर्किए।

बैंगलोरलाई झिनो स्कोरमै समेट्न हैदराबादका जेसन होल्डरले ३ तथा टी नटराजनले २ विकेट लिए। त्यस्तै शाहबज नदिमले १ विकेट आफ्नो नाममा पारे।

हैदराबादका लागि केन विलियम्सनले नटआउट ५० रन बनाए। त्यस्तै जेसन होल्डर र मनिष पाण्डेले समान २४ रन जोडे।

बैंगलोरका मोहम्मद सिराजले २ तथा एडम जाम्पा र युजवेन्द्र चाहलले समान १-१ विकेट हात पारे।

जितसँगै हैदराबादले फाइनलमा आफ्नो स्थान बनाउनको लागि दोस्रो क्वालिफायरमा आईतबार दिल्ली क्यापिटल्ससँग प्रतिष्पर्धा गर्नेछ। दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो।

हैदराबाद र दिल्लीबीचको विजयी टिमले मुम्बईसँग मंगलबार फाइनल खेल्नेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome