बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

झापामा कोरोना संक्रमित ल्याब टेक्निसियनको मृत्यु

२२ कार्तिक, २०७७ १६:५३ मा प्रकाशित

706 पटक पढिएको

corona patient dies

झापा – झापाको शिवसताक्षी नगरपालिका -६ की २५ वर्षीय एक ल्याब टेक्निसियन युवतीको कोरोना संक्रमणका कारण शनिबार बिहान मृत्यु भएको छ ।

युवतीलाई रुघाखोकी, ज्वरो लगायतका समस्या बढ्दै गएपछि थप उपचारका लागि एक हप्ता अघि नोबेल अस्पताल विराटनगर लगिएको थियो । अस्पतालमा लगेर कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजिटिभ देखिएको पारिवारिक स्रोतले बताएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार झापाका कोरोना पोजिटिभ देखिएर मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome