सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

नवनिर्वाचित अमेरिकी राष्ट्रपती र उपराष्ट्रपतीलाई राष्ट्रपति भण्डारी र प्रम ओलीको बधाइ

२३ कार्तिक, २०७७ १५:४० मा प्रकाशित

575 पटक पढिएको

joe biden and kamal harris wins us election 2020

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा नवनिर्वाचित भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसलाई बधाइ ज्ञापन गरेका छन्।

आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका हुन्।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडेन र ह्यारिसलाई बधाइ ज्ञापन गरेका छन्। नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome