बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा १,५३३ सहित देशभर थप २,८१७ जनामा कोरोना पुष्टि : २,८१२ डिस्चार्ज, हालसम्म १,१०८ जनाको मृत्यु

२३ कार्तिक, २०७७ १७:०३ मा प्रकाशित

901 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३३ जनासहित देशभर थप २८ सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंका १२ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ गरी उपत्यकामा १५ सय ३३ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार देशभर ३५ हजार ४१९ जना कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना छन् भने होम आइसोलेसनमा २९ हजार १९७ जना छन्। यस्तै क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा २८ सय १२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ।

मन्त्रालयका अनुसार आइसीयूमा ३९८ जनाको र जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा कोरोनाबाट जनाको ११ सय ८ मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome