बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

आईपीएल : हैदराबादलाई हराउँदै दिल्ली फाइनलमा

२४ कार्तिक, २०७७ ०८:०८ मा प्रकाशित

247 पटक पढिएको

delhi capitals in ipl 2020

काठमाडौं – दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रीकेट २०२० को फाइनलमा प्रवेश गरेको छ। मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनमा सनराइजर्स हैदराबादलाई दोस्रो क्वालिफायरमा १७ रनले हराउँदै दिल्ली फाइनलमा पुगेको हो।

शेख जायद रंगशालमा आइतबार राति सम्पन्न खेलमा दिल्लीले टस जिटेर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा हैदराबादलाई १९० रनको लक्ष्य दिएको थियो।

दिल्लीका लागि शिखर धवनले ७८ रन जोडे। स्टोइनिसले ३८ रन बनाए भने हिटमायरले ४२ रनको योगदान गरे।

हैदराबादका रसिद खान, सन्दीप शर्मा र जेसन होल्डरले १/१ विकेट हात पारे।

१९० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रनमात्र बनाउन सक्यो।

हैदराबादका लागि केन विलियम्सनले सर्वाधिक ६७ रन बनाए। त्यस्तै अब्दुल समादले ३३ तथा मनिष पाण्डेले २१ रन बनाए।

हैदराबादलाई रोक्न दिल्लीका कगिसो रबाडाले ४ विकेट झारे भने स्टोइनिसले ३ विकेट हात पारे। अलराउन्ड प्रदर्शन गरेका स्टोइनिसले ३ ओभर बलिङ गर्दै २६ रन खर्चिए। त्यस्तै अक्षर पटेलको नाममा १ विकेट रह्यो।

जितसँगै दिल्लीले फाइनलमा मुम्बई इन्डियन्ससँग उपाधीका लागी प्रतिष्पर्धा गर्नेछ। दिल्लीले यस सिजनमा साविक विजेता मुम्बईसँग लिग चरण र पहिलो क्वालिफायरमा हार व्यहोरेको थियो । उक्त हारको बदला लिँदै दिल्ली पहिलो पटक उपाधि चुम्ने लक्ष्यमा रहेने छ।

त्यस्तै मुम्बई भने दोस्रो पटक लगातार फाइनल जित्दै पाँचौँ पटक उपाधि हात पार्ने दाउमा हुनेछ।

फाइनल खेल मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ७ : ४५ बजे हुनेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome