सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

उपत्यकामा १,४२८ सहित देशभर थप २,५७१ जनामा कोरोना पुष्टि, हालसम्म १,१२६ जनाको मृत्यु

२५ कार्तिक, २०७७ ०७:१२ मा प्रकाशित

547 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय २८ जनासहित देशभर थप २५ सय २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ११ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ गरी उपत्यकामा १४ सय २८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९७ हजार २४ पुगेको छ।

संक्रमितमध्ये १ लाख ५९ हजार ७ सय २४ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome