शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

विप्लवको नाममा उपत्यकामा चन्दा असुली गर्न खोज्ने गिरोह पक्राउ

२६ कार्तिक, २०७७ ०७:०९ मा प्रकाशित

730 पटक पढिएको

arrested illustration

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव समूह) नेतृत्वको नेता भएको बताएर उपत्यकाका व्यवसायीबाट चन्दा असुली गर्न खोजेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटका विन्तोष सिलवाल (सुनार), रामेछापका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी दिपक थापाका अनुसार उनीहरुले माग बमोजिम चन्द नदिए भौतिक कारबाही गर्ने समेत चेतावनी दिँदै आएका थिए । व्यवसायीबाट प्राप्त गुनासोपछि अनुसन्धान गर्ने क्रममा धम्की दिने व्यक्ति विप्लव समूहमै आबद्ध नभएको खुलेको थापाको भनाइ छ ।

हाल पक्राउ परेका सबै जनामाथि आपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome