मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा १,४२० सहित देशभर थप २,७३६ जनामा कोरोना पुष्टि, हालसम्म १,१४८ जनाको मृत्यु

२६ कार्तिक, २०७७ ०७:१६ मा प्रकाशित

782 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय २० जनासहित देशभर थप २७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ११ सय ४१, ललितपुरका १९३ र भक्तपुरका ८६ जना गरी उपत्यकामा १४ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ ।

हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् ।

देशभर ३८ हजार ३५ संक्रिय संक्रमित छन् ।

२९ हजार ७३४ जना होम आइसोलेसनमा छन् भने ४०४ जनाको आईसीयू र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ८५३ जना संक्रमणमुक्त भएसँगै नेपालमा १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome