शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १,२६१ सहित देशभर थप २,५६९ जनामा कोरोना पुष्टि, हालसम्म १,१७४ जनाको मृत्यु

२७ कार्तिक, २०७७ ०७:२२ मा प्रकाशित

476 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ सय ६१ जनासहित देशभर थप २५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ९७६ ,भक्तपुरका ८१ र ललितपुरका २०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख २ हजार ३२९ हजार पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ ।

संस्थागत आइसोलेसनमा १० हजार ५१९ जना छन् भने होम आइसोलेसनमा २८ हजार ३९३ जना रहेका छन् । यस्तै क्वारेन्टाइनमा १ हजार १०९ रहेका छन्।

३८२ जनाको आइसीयूमा र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा १६ सय ६६ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा १ लाख ६२ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाबाट २६ जनाको मृत्यु भएको जनाएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome