शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

थप १,९१३ जनामा कोरोना पुष्टि, २,३४९ डिस्चार्ज, हालसम्म १,१८९ जनाको मृत्यु

२७ कार्तिक, २०७७ १६:५१ मा प्रकाशित

763 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १९ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २३ सय ४९ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ११ सय ८९ पुगेको छ ।

अहिले ९७४ जना क्वारेन्टाइनमा छन् भने सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome