मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने

२७ कार्तिक, २०७७ १७:१६ मा प्रकाशित

744 पटक पढिएको

chitra bahadur kc

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य उपचारको खर्च सरकारले बेहोर्ने भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेता केसीको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, अर्थमन्त्री पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।’

मंगलबार कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा उनको उपचार भइराखेको छ। उनलाई निमोनियाले ग्रस्त बनाएपछि अस्पताल भर्ना गरिएको जनमोर्चाले जनाएको छ।

जनमोर्चाले केसीलाई लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोग जुटाउने निर्णयसमेत गरेको थियो। यस लगत्तै सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको हो। उता केसीका छोरा सचित्र केसीले भने बुबाको स्वास्थ्य अवस्था गम्भीर नभएको बताएका छन्।

फेसबुकमा स्टाटस लेख्दै उनले अनावश्यक हल्ला गरेर पार्टीले पैसा उठाउने वहाना बनाएको आरोप लगाएका हुन्।

‘सबै साथीहरुलाई अभिवादन। बुबा खतरामुक्त हुनुहुन्छ। अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा कोही पनि नबस्नुहोला’, उनले फेसबुकमा लेखेका छन्, ‘आवश्यक परे पारिवारिक रुपमा हामीले सूचना गर्नेछौँ। त्यसभन्दा अगाडि चित्रबहादुर गम्भीर भनेर प्रचार गरिएको छ । त्यो सर्वदा झुट हो। यसको पछि नलाग्नुहोला।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome