बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

आईएसएमटी कलेजमा एक मिलियन अमेरिकी डलर पुरस्कार राशिको प्रतियोगीता हुँदै

२७ कार्तिक, २०७७ १७:२४ मा प्रकाशित

469 पटक पढिएको

hult prize competition in ISMT college

काठमाडौं – आई एस् एम् टी (ISMT) कलेजमा प्रथम हल्ट प्राइज अन क्याम्पस प्रतियोगीताका लागि विद्यार्थीहरू निकै उत्साहका साथ तयारीमा जुटीरहेका छन्।

विद्यार्थीका लागि नोबल पुरस्कारका रूपमा पनि परिचित हल्ट प्राइज मा हरेक वर्ष हल्ट प्राइज फाउन्डेशनले दिगो विकास लक्ष्यहरूमा आधारित रही चुनौती अथवा विषय घोषणा गर्दछ । यस हल्ट प्राइजले उद्यमशीलतालाई प्रोत्साहन गर्ने हुदाँ, दिइएको विषयमा विश्वभरीबाट उत्कृष्ट उद्यमशील विचार प्रस्तुत गर्ने एक जना विद्यार्थी वा टिमलाइ एक मिलियन अमेरिकी डलरद्वारा पुरस्कृत तथा सम्मान गरिन्छ ।

यसवर्ष भने प्रतियोगिताको विषय फूड फर गुड (food for good) रहेको छ ।

पहिलोपटक आयोजना हुन गरिरहेको यस आई एस् एम् टी अन क्याम्पस हल्ट प्राइज(ISMT on-campus hult prize )मा सोही कलेजका BTech अध्यायनरत विद्यार्थी अभय थापाले निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् ।

अन क्याम्पस(on campus) प्रतियोगिता जितिसकेपछि विद्यार्थीहरुले टिम सहित regional प्रतियोगितामा भाग लिनुपर्ने हुन्छ । सहभागी विद्यार्थी अथवा टिमका लागि विभिन्न सेमिनार र ट्रेनिङ पनि दिइन्छ। वास्तवमा hult prize विद्यार्थीहरुका लागि एउटा निकै नै सुनौलो अवसर हो ।

विश्वभरीमा २००० भन्दा बढी विश्वविद्यालयबाट झण्डै ३०००००० विद्यार्थीहरुले सहभागिता जनाउने यस हल्ट प्राइज ( hult prize ) मा प्रायः मास्टर्स (Masters) र व्याचलर (Bachelor) स्तरका विद्यार्थीहरुले भाग लिने गर्दछन् ।

“हाम्रो कलेजमा पहिलोपटक हुन गरिरहेको र यही नै बेला विश्व कोरोना संक्रमणले ग्रसित भएपनि हामी निकै मिहिनेतका साथ अगाडि बढ्नेछौं र प्रतियोगितालाई सफल पार्ने छौं ” भन्ने अठोटका साथ यस कलेजका विद्यार्थीहरु धेरै जोश र जाँगरले अगाडि बढिरहेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome