शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

थप २,१११ जनामा कोरोना पुष्टि, ३,५३७ डिस्चार्ज, मृतकको संख्या १२ सय नाघ्यो

२८ कार्तिक, २०७७ १७:४२ मा प्रकाशित

737 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २१ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३५ सय ३७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । क्वारेन्टाइनमा ९८६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome