बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

खोलामा गाडिएको नवजात शिशुको जिवितै उद्धार

२९ कार्तिक, २०७७ ०७:५९ मा प्रकाशित

690 पटक पढिएको

new born child rescued

सप्तरी – बालुवामा गाडिएको नवजात शिशुलाई शुक्रबार जीवितै उद्धार गरिएको छ । बोदे बरसाईन नगरपालिका-५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा फेला परेको नवजात शिशु बालकलाई जिवितै उद्धार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

स्थानीय उमेश साहका अनुसार टाउकोदेखि पेटसम्मको भाग खडक खोलाको बालुवामा गाडिएको अवस्थामा बालक फेला परेको हो । शिशुको खुट्टाको भाग देखेर स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय बोदे बर्साईनका सई अयोधिशरण यादवले बताए ।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको शिशुलाई रेफर गरेपछि साँझ शिशुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अस्पताल प्रहरी बिटका प्रहरी हवल्दार रामशंकर यादवका अनुसार शिशुलाई लिएर अस्पताल आउने स्थानीय दम्पत्तीको जिम्मा लगाएर धरान पठाइएको छ । शिशुका बुवा-आमाको भने प्रहरीले खोजी गरिरहेको छ ।

दश दिनअघि सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित नहरमा समेत वेवारिसे अवस्थामा एक नवजात शिशु बालक फेला परेको थियो । वेवारिसे अवस्थामा फालेको उक्त नवजात शिशु बालकलाई गजेन्द्रनारायण सिंह अस्पतालले एनआइसीयूमा राखेर चार दिन उपचार गरेपश्चात धरान रेफर गरेको छ ।

जीवित अवस्थामा उद्धार गरिएको उक्त नवजात शिशु अहिले धरानस्थित प्रतिष्ठानमा सुरक्षित रहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । भर्खरै जन्मिएको दुबै शिशु बालकको आमाबुवाबारे प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome