शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

सुरक्षा मापदण्ड पुरा गरेर अब विद्यालय सञ्चालन गर्न पाइने

२९ कार्तिक, २०७७ ०८:१३ मा प्रकाशित

808 पटक पढिएको

school illustration

काठमाडौं – नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलद्वारा २० कात्तिकमा स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा प्रदेश र स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने उल्लेख छ ।

‘प्रदेश सरकार तथा स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गर्ने लगायतका विषयमा स्थानीय आवश्यकता अनुकुल रणनीति तयार गरी थप क्रियाकलापहरू गर्न सक्ने गरी आधारभूत क्रियाकलापहरू यस कार्यढाँचामा समेटिएको छ’ कार्यढाँचामा भनिएको छ ।

कोरोना संक्रमण बढेको अवस्थामा भने स्थानीय तहले जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर निश्चित अवधिका लागि विद्यालय बन्द पाइने व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome