बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

हङकङ उड्न अब सरकारी ल्याबकै पीसीआर रिपोर्ट चाहिने

२९ कार्तिक, २०७७ ०८:२० मा प्रकाशित

299 पटक पढिएको

nepal airlines aircraft airbus 330

काठमाडौं – नेपालबाट हङकङ जाने यात्रुले अब सरकारी ल्याबमा मात्र कोरोना परीक्षण गर्नपर्ने भएको छ ।

नेपालबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि हङकङले तेस्रो पटक नेपाल एयरलाइन्सलाई उडानमा दुई साता प्रतिवन्ध लगाएको छ ।

प्रतिवन्धका कारण हङकङ उडानबाट करोडौं घाटा भएको भन्दै नेपाल वायुसेवा निगम सञ्चालक समितिले अब सरकारी ल्यावको पीसीआर रिर्पोटलाई मात्र मान्यता दिने निर्णय गरेको छ ।

स्रोतका अनुसार यो शर्त हङकङका लागि मात्र लागु हुनेछ । अन्य गन्तब्यमा भने निजी ल्याबको रिर्पोट समेत मान्य हुनेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome