मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

थप १,९४६ जनामा कोरोना पुष्टि : २५०३ डिस्चार्ज, हालसम्म १,२१५ जनाको मृत्यु

२९ कार्तिक, २०७७ १६:४५ मा प्रकाशित

640 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १९ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ८ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २५ सय ३ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ भने क्वारेन्टाइनमा एक हजार ५७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome