बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

अर्को हिउँदमा मात्र जनजीवन सामान्य हुनेछ : सहिन

१ मंसिर, २०७७ ०८:२१ मा प्रकाशित

352 पटक पढिएको

biotech CEO ugur sahir

बर्लिन – कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदमा मात्र सामान्यमा फर्किने बताएका छन्। बायोटेकका प्रमूख कार्यकारी अधिकृत युगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण विकास भई हिउँदमा मात्र जनजीवन सामान्य हुने बताएका हुन्।

जर्मन औषधि उपत्पादक कम्पनी बायोटेक र फाइजरले विकास गरिरहेको कोरोना खोपको प्रारम्भिक परीक्षण नतिजाअनुसार ९० प्रतिशत कोभिड–१९ बाट बचाउने उद्घोष गत साता गरेका थिए। बीबीसीका अनुसार खोपको अन्तिम चरणको परीक्षणमा करिब ४३ हजारले सहभागिता जनाएका थिए।

यसैगरी सहिनले सो खोप लगाएका मानिसबाट कोरोना नसर्ने र लक्षणहरू समेत देखा नपर्ने विश्वास व्यक्त गरेका छन्।

‘यस्तो प्रभावकारी खोपले संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्नेमा म निश्चिन्त छु’, उनले भने, ‘सायद ९० प्रतिशत नहालो ५० प्रतिशत चाहिँ नसर्नेमा ढुक्क छु। तर यसले महामारीको फैलावटलाई नाटकीय ढंगमा घटाउने कुरा चाहिँ बिर्सन हुँदैन।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome