बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

क्रिसमसअघि नै कोरोनाको खोप सार्वजनिक गर्न सकिने बेलायतको घोषणा

१ मंसिर, २०७७ १८:१५ मा प्रकाशित

343 पटक पढिएको

pfizer and biontech declare vaccine for corona is ready

काठमाडौं – बेलायतले आगामी क्रिसमसभन्दा अघि नै कोरोनाविरुद्धको खोप सार्वजनिक गर्न सकिने जनाएको छ ।

स्वास्थ्यमन्त्री माट हेनककका अनुसार फाइजर कोभिड १९ भ्याक्सिन यदी सुरक्षित र प्रभावकारी ठहरिएको खण्डमा क्रिसमसभन्दा अघि नै वितरण गरिनेछ ।

‘हामी कम्पनीसँग धेरै नजिकबाट काम गरिरहेका छौँ,’ मन्त्री हेनककले भने । उनले अघि थपे, ‘यो खोप जति छिटो आयो त्यति नै छिटै हामी यसलाई वितरण गर्ने तयारीमा छौँ । हामी डिसेम्बरको सुरुदेखि नै तयार हुनेछौँ, तर क्रिसमसभन्दा अघि नै सुरु गर्ने सम्भावना धेरै छ ।’

कति खोप आवस्यक पर्छ भनी सोधिएको प्रश्नमा उनले उक्त खोप कति सुरक्षित हुनेछ भन्ने कुराले त्यसलाई निर्धारण गर्ने पनि बताए । कोरोना भाइरसको महामारी फैलिएको झण्डै एक वर्ष पुग्नै लाग्दा प्रभावशाली देशका वैज्ञानिकले पनि कोभिड १९ विरुद्धको खोप विकासको काम अन्तिम चरणमा पुर्याइसकेका छन् ।

बेलायत, चीन, रुस, अमेरिका, ब्राजिल लगायत देशले तयार पारेका खोप परीक्षणको अन्तिम चरणमा छन् । तीमध्ये केही २०२१ को सुरुमा र केही २०२० को अन्त्यसम्म सार्वजनिक हुने बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome