मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

डाँका मुद्दाका फरार अभियुक्त १६ वर्ष पछि पक्राउ

४ मंसिर, २०७७ ०९:११ मा प्रकाशित

652 पटक पढिएको

criminal in custody

काठमाडौं – महानगरीय अपराध महाशाखाको टोलिले डाँका मुद्दाका फरार प्रतिवादी एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ नागसोती बस्ने ३९ वर्षीय जगन्नाथ ढकाल रहेका छन् । ढकाललाई घटनाको १६ वर्षपछि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।

२०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरको समन्वयमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ नागसोतीबाट पक्राउ गरेको हो ।

ढकाल समूहले २०६१ असोज ७ गते काठमाडौंको जडिवुटीमा बनेपाबाट बा १६ प ६८३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पीडितलाई नियन्त्रणमा लिई जवरजस्ती भ्यानमा राखी एकान्त स्थानमा लगेर साथमा रहेको १० लाख २५ हजार रुपैयाँ नगद, मोटरसाईकल र मोबाइल समेत गरी जम्मा ११ लाख ६३ हजार ९ सय रुपैयाँ बराबरको धनमाल लुटेको घटनामा ढकाललाई उक्त कैद तथा जरिवाना फैसला भएको थियो ।

फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome