बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

थप २,१०३ जनामा कोरोना पुष्टी : २,८५८ डिस्चार्ज, हालसम्म १,२७६ जनाको मृत्यु

४ मंसिर, २०७७ १६:३२ मा प्रकाशित

562 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २१ सय ३ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।

मन्त्रालयका अनुसार देशभर २८ हजार १०६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै आइसोलेसनमा २८ हजार १०६ जना र ७६७ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाबाट १२ सय ७६ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome