बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

उपत्यकामा १,१०७ सहित देशभर थप १,९४५ जनामा कोरोना पुष्टी : ५,३६४ डिस्चार्ज, हालसम्म १,२९८ जनाको मृत्यु

६ मंसिर, २०७७ ०७:३५ मा प्रकाशित

618 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जनासहित देशभर थप १९ सय ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार देशभर २४ हजार ६६५ कोरोनाका सक्रिय संक्रमित छन्। २४ हजार ६६५ जना आइसोलेसनमा र ७५३ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा देशभर २२ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ सय ९८ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome