मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

फेसबुकमार्फत ठगी गर्ने एक पक्राउ

८ मंसिर, २०७७ ०८:०१ मा प्रकाशित

257 पटक पढिएको

con on facebook arrested

स्याङ्जा – सामाजिक सञ्जाल (फेसबुक) मार्फत ठगी गरेको आरोपमा बाजुराका २७ वर्षीय रुपचन्द्र पाण्डे पक्राउ परेका छन्।

ब्राजिलमा रहेको आफनो परिवार बिरामी भएको भन्दै आफूलाई ठगेको भन्दै वालिङ्की एक महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन्। सोही उजुरीका आधारमा पाण्डेलाई नेपालगञ्जबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

पाण्डेलाई १० लाख २८ हजार ७ सय रूपैयाँ ठगी गरेको आरोप छ। पाण्डेले आफूलाई समस्या परेको भन्दै फेसबुकमार्फत महिलालाई साथी बनाई केही दिनपछि दिन्छु भन्दै ठगी गर्दे आएको बताइएको छ।

ठगीको अभियोगमा अनुसन्धान गर्दै जाँदा बाजुरा हिमाली गाउँपालिका बस्ने पाण्डेलाई मंसिर ५ गते बाँकेको नेपालगञ्जबाट पक्राउ गरी ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि स्याङ्जा अदालतले थप ७ दिनको म्याद दिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome