बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

फास्ट ट्रयाकको प्रस्तावित ० किलोमिटरमा खोकनाबासीले गरे रोपाइँ

३ श्रावण, २०७७ १९:३७ मा प्रकाशित

606 पटक पढिएको

khokana people plant paddy on fast track route

काठमाडौं, ०३ साउन : गाउँमा विकास नहुँदा आन्दोलन हुन्छ । तर, ललितपुरको खोकनाबासीले विकासविरुद्ध निरन्तर आन्दोलन चर्काइरहेका छन् । ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा धेरै आयोजना परेको भन्दै स्थानीय आक्रोशित छन् । एउटै क्षेत्रमा काठमाडौं तराई मधेस फास्ट ट्रयाक, १३२ केभीए हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, बागमती करिडोर, स्मार्ट सिटी, पेट्रोलियम भण्डार, काठमाडौं रेलवे लगायतका योजना परेको भन्दै खोकनाबासी आन्दोलिन भएका हुन् ।

शनिबार बिहान फास्ट्रयाकको प्रस्तावित ० किलोमिटरमा खोकनाबासीले बृहत रोपाइँ गरे । जनसरोकार समिति खोकना, ललितपुर नै गठन गरेर स्थानीय आन्दोलित भएका हुन् । सयौंको संख्यामा खोकनाको सिकाली चौरमा भेला भएर खुदोल फाँटमा धान, मकै र भटमास रोपेका हुन् ।

यसअघि उक्त फाँटमा भेला भएर स्थानीयले विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । शनिबार भने सयौंको संख्यामा प्रहरी उपस्थित भए पनि स्थानीयले विरोध स्वरुप धान, मकै र भटमास रोपेको सुरक्षाकर्मीले रमिता मात्र हेरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome