८ मंसिर, २०७७ ०८:१४ मा प्रकाशित
247 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जनासहित देशभर थप १६ सय ६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंका ७३३ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा १३१ गरी उपत्यकामा ९५७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ।
मन्त्रालयका अनुसार देशभर १९ हजार ९६३ कोरोनाका सक्रिय संक्रमित छन्। ६ हजार ३५१ जना संस्थागत आइसोलेसनमा छन् र होम आइसोलेसनमा १३ हजार ६१२ छन्। यस्तै क्वारेन्टाइनमा ६८६ जना रहेका छन्।
आइसीयूमा ३५९ जनाको र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ६९९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोनाका कारण नेपालमा १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाबाट १३ सय २१ जनाको मृत्यु भएको छ।