८ मंसिर, २०७७ १७:४८ मा प्रकाशित
561 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जना सहित देशभर थप १९ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।
देशभर १८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन्।संस्थागत आइसोलेसनमा १८ हजार ८८४ जना छन् भने ६२९ जना क्वारेन्टाइनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ।