सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

भारतीय विदेश सचिव यसै साता नेपाल आउँदै

८ मंसिर, २०७७ १७:५३ मा प्रकाशित

381 पटक पढिएको

foreign secretary for indiaHarsh Vardhan Shringla

काठमाडौँ – भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगाल यसै साता नेपाल आउने भएका छन् । श्रृंगाल आगामी बिहीबार दुई दिने भ्रमणका लागि काठमाडौँ आउन लागेका हुन् ।

नेपालस्थित भारतीय दूतावासले यसबारे औपचारिक रुपमा जानकारी दिएको छ । नेपालीभाषी समेत रहेका श्रृंगाल विदेश सचिवको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

दूतावासले विज्ञप्ति निकाल्दै यस भ्रमणलाई नेपालसँग भारतको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरताको रुपमा अर्थ्याएको छ ।

भ्रमणको क्रममा श्रृंगालले आफ्ना समकक्षीसहित केही विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोग बारे छलफल गर्ने बताइएको छ । ‘नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको छ । हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ । भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ ,’ दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केही साताअघि मात्र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल तथा स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणपछि श्रृंगालको नेपाल भ्रमण तय भएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome