बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच खुमलटारमा भेटवार्ता

८ मंसिर, २०७७ १८:०६ मा प्रकाशित

345 पटक पढिएको

prachanda and hou yanqi

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। चिनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटार पुगेर भेटेकी हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध र दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी भएको प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले जानकारी दिए। भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो पुस्तक उपहार दिएकी थिइन् ।

नेकपाभित्र विवाद बढिरहेकै बेला यसअघि पनि राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन्। उनले प्रधानमन्त्रीसँगको भेटमा पार्टी मिलाउने मुख्य जिम्मेवारी ओलीसँगै रहेकाले पार्टी एकताको पहल लिन आग्रह गरेकी थिइन्।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री ओली र दाहालबीच अन्तरद्वन्द्व चलिरहेको समयमा राजदूतको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। पछिल्लो समय नेकपामा विवाद चुलिदै गएपछि राजदूत यान्छीले राजनीतिक भेटवार्ता तीव्र पारेकी छिन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome