आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

कक्षा १२ को परीक्षा आजबाट सुरु

९ मंसिर, २०७७ १२:४७ मा प्रकाशित

672 पटक पढिएको

exam

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ। मंगलबारबाट देशभरै एकैसाथ परीक्षा सञ्चालन भएको हो।

परीक्षा मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ। यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ। ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ। २० अंक भने स्कुल आफैँले मूल्यांकन गरेर प्रदान गर्नेछ। परीक्षामा ४ लाख ३२ हजार ५ सय सहभागी हुँदैछन्।

बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउन तयारी गरेको छ।

बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ सङ्क्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गर्नेछ।

कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome