बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ५ घाइते

९ मंसिर, २०७७ १६:३९ मा प्रकाशित

567 पटक पढिएको

jeep accident in baitadi

बैतडी – बैतडीमा मंगलबार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीया पार्वती चन्द, पाटन नगरपालिका ५ का ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका जीप चालक गोपाल कार्कीको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर भएकाले धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेका जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ ।

दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome