मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

सुनको मूल्य एकैदिनमा प्रतितोला १८०० ले घट्यो

९ मंसिर, २०७७ १६:४० मा प्रकाशित

528 पटक पढिएको

gold price in nepal

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा प्रतितोला एक हजार ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ ।

सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन मंगलबार एक हजार ८०० ले ओरालो लागेको हो । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome