९ मंसिर, २०७७ १६:५२ मा प्रकाशित
359 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जनासहित देशभर थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ९१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कुल २ लाख ४ हजार ८५८ जनाले कोरोना जितेका छन् ।
देशभर १७ हजार ८५९ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ६२७ जना रहेका छन् । यस्तै ३९३ जनाको आइसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा २४ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा कोरोनाबाट १३ सय ६१ जनाको मृत्यु भएको छ।