बुधबार, १३ श्रावण २०७८
बुधबार, १३ श्रावण २०७८

IT Training Nepal

पार्टीभित्रको अन्तरविरोधको जड पत्ता लगाउन कठिन छ : महासचिव पौडेल

१० मंसिर, २०७७ ०८:१० मा प्रकाशित

337 पटक पढिएको

politician bishnu poudel ncp-uml

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रको अन्तरविरोधको जड नै पत्ता लगाउन कठिन भएको बताएका छन्। भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि नेतृत्वबीचको दूरी बढ्नुको कुनै कारण नदेखिएको उनले बताए।

‘कल्पनाभन्दा बाहिरको जटिल समस्या पार्टीभित्र आएको छ। पार्टीलाई एकताबद्ध गरेर लान सकिन्छ कि सकिदैन भन्ने प्रश्न आएको छ’, उनले भने, ‘मैले यसपटक बुझ्न सकेको छैन। पार्टी भित्र के त्यस्तो सुनामी आयो ?’ यसको पृष्ठभूमिमा सैद्धान्तिक अन्तरविरोध हुन कि अरु हुन भन्ने बुझ्नै नसकिएको उनले बताए।

एकजना अध्यक्षले सरकार सञ्चालन, पुर्नगठन र अर्का अध्यक्षले महाधिवेशनको तयारी गर्ने स्थायी कमिटिले म्याण्डेट दिएको उनले बताए। तर, स्थायी कमिटीका निर्णय कार्यान्वयन हुने अवस्थामा फेरि अन्तरविरोध आएको उनले बताए। ‘अन्तर्विराेध हुनुपर्ने त्यस्तो कुनै दुर्घटना नै भएजस्तो लाग्दैन, तर अहिले मर्यादाबाहिर गएर आरोप प्रत्यारोप गर्ने काम भएको छ’, उनले भने, ‘मर्यादाबाहिरका काम रोक्नुपर्छ।’

मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पौडेलले कम्युनिस्ट पार्टीको आन्तरिक जीवन समस्याग्रस्त र अन्तरविरोध विगतकोभन्दा जोखिमपूर्ण रहेको बताए। यसपटक देखिएको यो तहको समस्या यसभन्दा अघि कहिल्यै देखिएको उनले सुनाए।

‘यसअघिका विवाद समाधान गरेका थियौं। अहिले कम्युनिस्ट पार्टीको भविष्य कठिन मोडमा छ’, उनले भने, ‘म यहाँहरु समक्ष लुकाउन चाहान्न।’ पार्टी एकता जोगाउनका लागि आफूले अन्तिम समयसम्म कसरत गरिरहने उनले बताए।

पार्टीको एकता मुलुकको भविष्यसँग जोडिएको भन्दै उनले स्थायित्वका लागि पनि पार्टीको एकता जोगाउन आवश्यक रहेको बताए। आम नेता कार्यकर्ता र जनताले पार्टी टुक्र्याउन नहुने पक्षमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउनको विकल्प नभएको उनको भनाइ छ।

त्यसैगरी अर्को एक प्रसंगमा अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले प्रधानमन्त्री र प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको भेट स्वभाविक रहेको जिकिर गरे। ‘प्रधानमन्त्री र कांग्रेसका सभापतिको भेटमा सत्ता साझेदारीको विषय प्रवेश नै भएको छैन’, उनले भने,‘सुविधाजनक बहुमत भएको प्रधानमन्त्रीले सत्ता साझेदारका विषयमा कुरा गर्ने प्रसंग पनि आउदैन।’

सवैधानिक निकाय, कोरोना महामारीका विषयमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच कुराकानी भएको उनले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome