बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ८३५ सहित देशभर थप १,९४८ जनामा कोरोना पुष्टि: ३,१४० डिस्चार्ज, २८ जनाको मृत्यु

१० मंसिर, २०७७ १६:५२ मा प्रकाशित

752 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जनासहित देशभर थप १९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१ सय ४० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार योसँगै २ लाख ७ हजार ९९८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेका छन्। होम आइसोलेनमा १० हजार १८४ र संस्थागत आइसोलेशनमा ६ हजार ४५५ जना छन् । यसैगरी क्वारेन्टाईनमा ६६९ जना छन् ।

पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ सय ८९ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome