आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

४३ दिन पछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानको ताला

१० मंसिर, २०७७ १६:५८ मा प्रकाशित

618 पटक पढिएको

karnali health science academy resumes

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासन र केन्द्रीय प्रशासन कार्यालयमा तालाबन्दी भएको ४३ दिनपछि आज ताला खुलेको छ।

केही दिन यता लगातार भएको वार्तामा विभिन्न बुँदामा सहमति भएपछि ताला खुलेको प्रतिष्ठनका भिसी राजेन्द्रराज वाग्लेले जानकारी दिए।

प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत कर्मचारीबीच भएको सहमतिपछि ताला खुलेको हो।

सहमतिमा नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा ३ सदस्य कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने साथै प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई १ जना डीन प्रमुख रहने र अन्य संकायका डीन सहायकहरू डीन रहने ब्यवस्था गर्ने रहेको छ। त्यस्तै ललितपुरको माहालक्ष्मीस्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुलाई १ हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने, प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पुरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बस्ने सहमति भएको छ। यसका साथै अन्य मागका सम्बन्धमा कार्यकारी परिषदबाट हुवहु पारित गर्ने सहमति भएको अन्दोलनरत प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिए।

गत असोज २६ गते नै प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डीनमा प्रा. डा. मुन्निराज क्षेत्रीलाई नियुक्त गरेका थिए। सोही नियुक्तिलाई खारेज गर्नुपर्ने कर्मचारीहरुको माग थियो।

यस्तै, प्रतिष्ठानमा कार्यरत कुनैपनि कर्मचारी बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने ऐनमा उल्लेख भएअनुसार गर्नुपर्ने भन्दै कर्मचारीहरू आनदोलनरत थिए। मेडिकल डीन रेशम रानाको विषयले पनि प्रतिष्ठानका कर्मचारीभित्र तीव्र असन्तुष्टि रहेको थियो।

मेडिकल डिनका रुपमा नियुक्त भएका रानाले एसएसबीएच योजनाबाट सुविधा लिनुका साथै ऐनेस्थेसिया सहायक कोर्ष कोर्डिनेटरको जिम्मेवारीमा रहेर पनि सुविधा लिएको कल्याणकारी समाजको आरोप छ। समाजका एक पदाधिकारीका अनुसार यसरी एउटै संस्थाभित्र तेहेरो सुविधा लिनु गैरकानुनी भएको र त्यस्तो सुविधा लिनेलाई कारबाही हुनुपर्ने बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome