बिहीबार, १५ माघ २०७७
बिहीबार, १५ माघ २०७७

IT Training Nepal

लगातार ओरालो लाग्दै सुनको भाउ

१० मंसिर, २०७७ १६:५९ मा प्रकाशित

625 पटक पढिएको

gold price in nepal

काठमाडौं – स्थानीय बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। कोरोना भाइरस विरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको हो।

सोही प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला रु एक हजारले घटेको छ। महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ। मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज रु एक हजारले घटेको हो।

यस्तै मङ्गलबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९१ हजारमा कारोवार भएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेको छ। मङ्गलबार प्रतितोला रु एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको छ। केही समय पहिले सुनको भाउ प्रतितोला रु एक लाख दुई हजारसम्म पुगेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome