शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

सगरमाथाको नयाँ उचाई घोषणा मन्त्रिपरिषदको स्वीकृति

११ मंसिर, २०७७ ०८:०० मा प्रकाशित

665 पटक पढिएको

mount everest

काठमाडौं – सगरमाथाको नयाँ उचाई घोषणा गर्न बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ। सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो।

भूमी व्यवस्था मन्त्री पद्‍माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृती प्रदान गर्न मन्‍त्रिपरिषद्‍मा प्रस्ताव पेश गरेकी थिइन्।

आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।

‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको छ। त्यो कार्य अहिले सम्पन्न भएको छ। अब हामी आफैले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ’, मन्त्री अर्यालले भनिन्।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो। नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो।

मन्त्रीपरिषद्बाट स्वीकृती प्रदान भइसकेपछि अब केहीदिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ।

सन् २०१९ मा चीनका राष्ट्रपती सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो। सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए।

यसअघि विभिन्न देशले सगरमाथाको उचाई मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome