मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा ७८५ सहित देशभर थप १,६१४ जनामा कोरोना पुष्टि, १,४३७ डिस्चार्ज

११ मंसिर, २०७७ १७:३५ मा प्रकाशित

728 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जनासहित देशभर थप १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना कोरोना संक्रमित थपिएका छन्। योसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १६ हजार ७९३ जना कोरोनाका संक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १६ हजार ७९३ जना आइलोसनमा र ६८० जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १४ सय ३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome