मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको भेटवार्ता

१२ मंसिर, २०७७ ०७:२३ मा प्रकाशित

619 पटक पढिएको

shringla meets foreign minister gyawali

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् ।

सचिव श्रृङ्गलाले बिहीबार दिउँसो मन्त्रालयमा ज्ञवालीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध र पछिल्ला दिनमा देखिएका विवाद समाधानको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

सरकारले भने भेटमा भएको कुराकानीका विषयको औपचारिक जानकारी दिएको छैन ।

भारतीय विदेश सचिव श्रृङ्गलाले भारत सरकारको तर्फबाट दुई हजार थान रेम्डेशिभिर खोप परराष्ट्रमन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेका छन् । परराष्ट्रमन्त्रीसँगको भेटपछि विदेशसचिव श्रृङ्गला प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न बालुवाटार पुगेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome