मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

बलात्कारको घटनामा मिलापत्र गराउन खोज्ने दुईजना पक्राउ

१२ मंसिर, २०७७ १६:२४ मा प्रकाशित

305 पटक पढिएको

arrested illustration

बैतडी – बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा सिगास गाउँपालिका -३ का मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएर अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले भने ‘किटानी जाहेरी दिए लगत्तै हामीले बिहीबार राती नै दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिसकेका छौं।’

बलात्कारको घटनामा संलग्न भनिएका दीपकसिंह धामी भारतमा रहेका बुझिएको छ भने अर्का एकजनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि गत जेठमा बलात्कार भएको घटना झण्डै ६ महिनापछि बाहिर आएको हो। गत जेठमै किशोरीमाथि बलात्कार भएपनि त्यो बेला पीडित पक्षलाई एकतोला सुन दिने भन्दै त्यो घटना गाउँमै मिलाएको र पछि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको हो।

१८ वर्षीया किशोरीमाथि साँझको समयमा बलात्कार भएको र त्यो घटनालाई गत असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

कार्तिक मसान्तमा पीडित पक्षलाई एकतोला सुन दिने शर्त राख्दै तमसुक बनाइएको थियो। कार्तिक मसान्तमा सुन दिनुको सट्टा पीडिकले पीडित पक्षलाई धम्क्याउन थालेपछि बलात्कारको घटना बाहिर आएको हो। यो घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

पीडित किशोरीसहित उनका आफन्तलाई अहिले जिल्ला अस्पातलको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome