सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

कञ्चनपुरमा राजमार्गको छेउमा एक युवक मृत फेला

१२ मंसिर, २०७७ १६:२७ मा प्रकाशित

342 पटक पढिएको

boy found dead in kanchanpur

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका –४ स्थित पूर्व-पश्चिम राजमार्गको छेउमा टेलिकमको तारले घाँटीमा बेरिएको अवस्थामा एकजना युवक मृत भेटिएका छन् । शुक्रबार बिहान घाँटीमा टेलिकमको तार बेरिएको अवस्थामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

‘आज बिहान घाँटीमा टेलिकमको जस्तो देखिने तार बेरिएका एकजना पुरुषको शव फेला परेको छ, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले भने, ‘मृतकको अहिलेसम्म पचिान हुन सकेको छैन हामीले अनुसन्धान गर्दैछौं।’

तार घाँटीमा बेरिएको र नटुटेको अवस्थामा रहेकाले उनको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome