शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

महोत्तरीमा वन कार्यालयको छापा : सःमिलका मालिक पक्राउ, ४ वन कर्मचारी घाइते

१२ मंसिर, २०७७ १६:३२ मा प्रकाशित

642 पटक पढिएको

forest division arrests saw mill entrepreneur

बर्दिबास – अवैध सालको काठसहित महोत्तरीको गौशाला-१२ कान्तिबजार पररियाबाट सःमिल मालिक पक्राउ परेका छन् । एका बिहानै बाँके सव-डिभिजन वन कार्यालय लक्ष्मीनीयाँबाट गएको वन गस्ती टोलीले सःमिलमा छापा मारी सःमिलका मालिक भागिरथ राउतलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रण लिने क्रममा चार जना वन कर्मचारी घाइते भएका छन् । तस्कर सःमिल मालिक समर्थकहरुले वन कार्यालयको गाडीमा तोडफोड गरेका छन् ।

सःमिलमा काठ चिरान गर्दै गर्दा छापा हानेको वन टोलीले राउतलाई २५ क्वीफिट अवैध काठसहित पक्राउ गरिएको डिभिजन वनकार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले जनाए । उनले छापामारी मार्दा चिरान गरेको ४० थान कडी बरामद गरिएको हो।

बाँके सव–डिभिजन वनकार्यालय लक्ष्मीनीयाँका सहायक वन अधिकृत राम सुन्दर साहको कमाण्डमा गएको वन गस्ती टोलीले धक्कामुक्की गर्दा चारजना वन कर्मचारी घाइते भएका छान् ।

घाइते हुनेमा फरेष्टर अशोक चौधरी, वन रक्षक राजशंकर झा, थानेश्वर यादव र वन हेरालु सुशिलकुमार सिंह छन् । उनीहरुको हात खुटामा चोट पटक लागेको छ । सःमिलमालिकले वन कार्यालको बा.२ झ २७४९ नम्बरको बोलेले पिकअपमा तोडफोड समेत गरेका छन् ।

पक्राउ परेका मिलमालिक राउतलाई आवश्यक कारबाहीका लागि वन सुरक्षा शाखा माइस्थानमा राखिएको छ । डिभिजन वनकार्यालय महोत्तरीकाअनुसार कोरोना भाइरसको महामारीको मौका छोपेर गएको ९ महिनामा २ दर्जन काठ तस्करलाई पक्राउ गरिएको छ । कयौं सःमिलमा छापा मारेर ५ सय क्वीफिट काठ बरामद गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome